दमक, चैत २१ । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक संघ दमकको नयाँ नेतृत्व चयन भएको छ ।

इलामको चुलाचुलीमा शनिवार सम्पन्न सातौ अधिवेशनले प्रितम दाहाल (तुलसी ) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।दुईवर्षे कार्यकाल रहने सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष खड्ग पाण्डे,सचिवमा विष्णु भट्टराई , सहसचिवमा कमल राई र कोषाध्यक्षमा दिनेश भट्टराई चुनिएका छन् ।
यस्तै सदस्यहरुमा प्रकाश धिमाल, प्रेमबहादुर थापा,मोहन पौडेल र दिवस अधिकारी चुनिएका छन् ।अधिवेशन सम्पन्न गर्न नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य गोपाल थापाको संयोजकत्वमा डार्बिन संग्रौला, गान्धी भण्डारी,गौतमकुमार लामा,बालकृष्ण श्रेष्ठ र सञ्जितकुमार यादव रहेको एक निर्वाचन समिति गठन गरिएको थियो ।अधिवेशन उद्घाटनमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसहित संघमा आवद्ध हलुका सवारी चालकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्