झापा , चैत २४ । झापाको गौरादहमा जुवाको खालबाट कौडासहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति १०.३० बजे गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले ९ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह .२ बस्ने ३२ वर्षिय निर्मल थापा, गौरादह ३ बस्ने ३५ वर्षिय अंकित कार्की
सोही वडाका ३८ वर्षिय सुरेश भण्डारी, वडा नं.४ बस्ने ३६ वर्षिय मोहन खरेल,गौरादह ३ बस्ने ४६ वर्षिय भक्तबहादुर बर्देवा, कनकाई ३ बस्ने ४० वर्षिय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षिय ईश्वर खतिवडा,वडा नं ७ बस्ने ४६ वर्षिय बिष्णुप्रसाद उप्रेती र दमक ७ बस्ने ३८ वर्षिय निरबहादुर सुनुवार रहेका छन् । कौडा खेलिरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर र नगद उनन्सत्तरी हजार चार सय बीस रुपैयाँसहित उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई आवश्यक अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्