बिर्तामोड , चैत २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको अध्यक्षमा रञ्जु प्याकुरेल सर्वसम्मत निर्वाचित भएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको एकता अधिवेशनको बन्दसत्रले प्याकुरेलको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । बिर्तामोड नगर समितिको वरिष्ठ उपाध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् भने बिर्तामोड नगर समितिको प्रत्येक वडाका वडाध्यक्ष र प्रत्येक वडा समितिका तीन जना सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि एक अध्यक्ष पदका लागि पाँचजना आकांक्षी भएपछि अधिवेशन उद्घाटनकै दिन समिति चयन हुन सकेको थिएन । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक राष्ट्रिय प्रजातान्त्रिक शिक्षक संगठन झापाका अध्यक्ष टंक कटुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्