बिर्तामोड , चैत २५ । उच्च रक्तचापका कारण एक वर्षदेखि हिडडुल गर्न नसक्ने एक महिलालाई ह्वील चियर प्रदान गरिएको छ ।

बोल्न नसक्ने र हिड्न नसक्ने बिर्तामोड ३ सैनिकमोडकी सुनिल राजवंशीकी श्रीमती तेमु राजवंशीलाई ह्वीलचियर प्रदान गरिएको हो । आर्थिक संकलन गरी साढे १५ हजार रुपैयाँमा सो ह्वील चियर खरिद गरी प्रदान गरिएको सहयोगी जानुका थापा मगरले बताइन् । त्यसका लागि ठगबहादुर खड्काले ४००० , जानुका थापा मगरले २०००, जेवी जवेगुले १५००, मोहन उप्रेती , श्री सिटौला र धनसिंह राजवंशीले १–१ हजार , विपिन कोइरालाले ११०० सहयोग गर्नुका साथै २००० रुपैयाँ खुद्रा संकलन भएको थियो ।