बिर्तामोड,चैत २५ । दोस्रो चरणमा झापामा कोरोना संक्रमितहरु थपिदै गएका छन् ।

यसक्रममा दमक नगरपालिकामा बुधबार एकजनामा सक्रमण पुष्टि भएको छ । दमक १ बस्ने ९२ वर्षिय बृद्धलाई कोरोना पुष्टि भएको हो ।उनी स्थानीय हुन् । योसँगै दमक नगरपालिकमा कोरोना संक्रमितहरुको सँख्या १ हजार १८८ पुगेको छ भने ३५ जनाले ज्यान गुमाएका छन् । दोस्रो चरणमा दमकमा चारजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।पहिलो चारणमा हटस्पट बनेको दमकमा दोस्रो चरणमा विस्तारै कोरोना संक्रमितहरु देखिन थालेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । झापामा कूल संक्रमितको सँख्या ४ हजार ६३६ पुगेको छ । त्यसमध्ये ४ हजार ४९४ जना डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा १४ जना सक्रिय संक्रमितहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा हालसम्म कोरोनाबाट १२८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्