झापा , चैत २७ । कनकाई नगरपालिका वडा नं ५ का एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई ५ टेक्रा दार्जेलिङ बस्ने ५७ वर्षिय बलबहादुर बिक रहेका छन् । गंभीर घाईते भई बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलको आईसियूमा उपचारका क्रममा हिजो दिउँसो उनको मृत्यु भएको हो । चैत २३ गते बेलुका ७ बजे बिक अत्याधिक मादक पदार्थ सेवन गरीे सोही ठाउँका ४७ वर्षिय मोहन घिमिरेको घरमा गई बिनाकारण झै–झगडा र हो–हल्ला गर्दा उनलाई सम्झाई बुझाई गर्दा दुवै जनाबीच हातपात भएको जनाइएको छ । बिक लडेर घाईते भएपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि विकका छोरा राजकुमारले ईलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित निवेदन दिनासाथ प्रहरीले घिमिरेलाई पक्राउ गरेको छ । लाश हस्पिटलको लाशघरमा रहेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका बिर्तामोडबाट टोली खटिगएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्