भद्रपुर, चैत २७ । लेखनाथ पुस्तकालय चन्द्रगढीले भद्रपुर ७ निवासी साहित्यकार जनार्दन उप्रेतीको ‘गणतन्त्रको प्रसव’ नामक कविता संग्रहको एक कार्यक्रमका बीच लोकार्पण गरेको छ ।

महिनाको अन्तिम शुक्रवारे भेलाअन्तर्गत पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार चुडामणी रेग्मीले उप्रेतीद्वारा लिखित कविता संग्रहको विमोचन गरेका हुन् । प्राचार्य महेन्द्र भट्टाईले कविता संग्रहको परिचर्चा गरेका थिए । नवराज घिमिरेको अध्यक्षता तथा सहसचिव हरि न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रेग्मी, भद्रपुर ७ का वडा अध्यक्ष विनोदप्रसाद पोखरेल ,उद्यामप्रसाद उप्रेती, पुण्य खरेल,हरिनारायण भट्टराई ,विष्णुप्रसाद शिवाकोटी ,हिरा पोखरेललगायतले मन्तव्य राखेका थिए । आरती पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्