भद्रपुर, बैशाख २ । नव वर्ष २०७८ को शुभकामना आदानप्रदानसंगै भद्रपुर १० स्थित मातृभजन समुह चन्द्रगढीले टोलका १५ जना जेष्ठहरुलाई सम्मान गरेको छ ।

समुहका सचिव ज्योती रिजाल न्यौपानेको घरमा आयोजित कार्यक्रमका बीच टोल विकास संस्थाका ६० वर्षदेखि ९१ वर्षसम्मका जेष्ठहरुलाई खिर, फलफुललगायतका परिकार खुवाउनुका साथै फुलमाला र अविर लगाएर सम्मान गरिएको हो ।
समुहकी अध्यक्ष पद्मा चापागाईको अध्यक्षता तथा सचिव ज्योति रिजाल न्यौपानेको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि पोष्ठबहादुर कार्की ,चन्द्रमाया दाहाललगायतले मन्तव्य राख्दै जेष्ठहरुको विचारलाई अहिलेका पुस्ताले अबलम्वन गर्दै जानु पर्नेमा जोड दिए । कार्यक्रममा स्वागत कोषाध्यक्ष सुशिला दाहालले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्