सुनसरी, बैशाख १३ । सुनसरी धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
उनले धरान २ भानुचौकमा चिया पसल गरी बस्ने जोशीले लागूऔषध बिक्री गर्ने गरेको सूचना पाएलगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । जोशीको चिया पसलबाट लागूऔषध SPASMO PR0XYVON R PLUS -–६०० ट्याब्लेट बरामद गरेको हो । बरामद गरिएको लागूऔषधसहित उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।




