प्रगति राजवंशी,

आहा ! कति चम्किलो, कति उज्यालो
मन छट्पटिन्छ हेर्न कतिखेर आउँछ त्यो
सारा विश्वलाई नै प्रकाश छर्दै
माया र मीठो संगीतको धुन गुनगुनाउँदै

अँध्यारो रातलाई चकमन्न बनाउँदै
चन्द्रमासँग हरेक रातलाई सुन्दर बनाउँदै
विस्तारै विस्तारै बादलसँग लुकामारी खेल्दै
हाँसीहाँसी हरेकलाई आकाशबाट नियाल्दै

यसको नाममै मीठो आवाज छ
हरेक ताराको आफ्नै सुन्दर कथा छ
राजा प्रजा सबै उसका लागि समान
नबोलेरै काट्छ रात शीतको आँसु छाड्छ बिहान
बिर्तामोड– ५

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्