झापा , असोज २ । छिमेकीको धारिलो हतियार प्रहारबाट घाइते भएकी शिवसताक्षीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत भदौ २८ गते बिहान ११ बजे शिवसताक्षी ३ माने चोक बस्ने कुमार लिम्बुकी श्रीमती ३७ वर्षिया सुष्मा लिम्बुलाई सोही ठाउँ.बस्ने ३४वर्षिय देवबहादुर मिस्त्रीले फलामको बिड भएको बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए । बिभिन्न भागमा काटेर घाइते भएकी सुष्मालाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगर रेफर भई उपचार भईरहेकोमा हिजो साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बाम्फोक प्रहार गर्ने मिस्त्रीलाई नियन्त्रणमा लिई भदौ ३१ गतेबाट लागू हुनेगरी ज्यान मार्ने उद्योगमा दिन ७ म्याद थप गरी ईलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्