बिर्तामोड , मंसीर ११ । बिर्तामोड ५ स्थित जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको आठौं वार्षिक साधारणसभाको अवसर पारेर सो रक्तदान कार्यक्रम गरिएको संस्थाकी सचिव ममता राजवंशीले बताइन् । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको त्यस कार्यक्रममा ४२ जनाले रगत दान गरेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा उद्धेश्यमाथि सचिव ममता राजवंशीले प्रकाश पारेकी थिइन् । संस्थाले आर्थिक कारोबारसँगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्