बिर्तामोड , पुष ८ । बिर्तामोड ४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको साधारणसभाको बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि संग्रौला , बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताको रुपमा लक्ष्मणदेवी चौधरी , मनोज चौधरी , जनार्दन शाह , सन्तोष शाह , घनश्याम चौधरी , देवेन्द्रकुमार सिंह , सुकुमार घोष , उत्तमकुमार राजवंशी र गौतम शाहलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट ऋणीतर्फ मुन्ना बछावत , रमेशकुमार खतिवडा , उदयशंकर शाह र भुपेन्द्र प्रधानलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चौधरीले २०६५ सालमा ४० जना शेयर सदस्यबाट स्थापना भएको संस्थामा हाल २ हजार २५ जना सदस्य विस्तार भएको बताए । उनले जम्मा चुक्ता पुँजी १ करोड ८५ लाख ७५ हजार ६ सय , निक्षेप संकलन ४५ करोड ३९ लाख २६ हजार ९६६ , निक्षेप फिर्ता ४३ करोड ९१ लाख ६५ हजार ३११, कर्जामा रहेको ११ करोड ३९ लाख ७१ हजार ६८५ रुपैयाँ रहेको जानकारी दिए । उनले यस वर्ष ४ लाख ८९ हजार ३ सय ६५ रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको समेत जानकारी दिए । उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव संजयकुमार शर्माले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्