बिर्तामोड , पुष ९ । झापाको कमल ३ मा सानो केर्खामा बिहिबार राती करिब ११ बजे उत्तरतर्फको जंगलबाट निस्किएको जंगली हात्ती धपाउन राजमार्गमा निस्किएको समुहका ५ जना एउटै मोटसाइकलको ठक्करबाट घाईते भएका छन् ।

पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र३–०२–०१४प ७३५१ नम्बरको मोटरसाइकलले सो ठाउँमा जङ्गलबाट निस्किएको हात्ती धपाउन निस्केका कमल गापा वडा नं ३ की ३४ बर्षिया सिता भट्टराई, २२ बर्षिय विक्रम गिरी, २० बर्षिय सुगम भण्डारी र ५० बर्षिय डिल्लीराज रायमाझीलाई ठक्कर दिएर घाईते बनाएको हो । उनीहरुको दमकस्थित आम्दा र लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी १ का २५ बर्षिय सागर गड्तौला गम्भिर घाईते भएका छन् भने पछाडी सवार सोही ठाउँका बिकेश माझी सामान्य घाईते भएका छन । उनीहरु दुवै जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्