कुमरखोद, पुष १० । प्रदेश नं. १ अन्तरपालिकास्तरीय दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले रक्षा गरेको छ ।

शनिबार झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुरबीच भएको फाइनल खेलमा ३– १ को सेटले हराउँदै झापा गाउँपालिका उपाधि जोगाउन सफल भएको हो । फाईनल खेलको म्यान अफ द म्याच आमचोक भोजपुरका खेलाडी रोमन बस्नेत घोषित भए । त्यसैगरी प्रतियोगिताको उदीयमान खेलाडी झापाका अनिष गणेश , बेष्ट ब्लकर झापाका रोहित शिवाकोटी , वेष्ट स्पाईकर आमचोकका रोमन बस्नेत , बेस्ट सटर झापाका सागरकिरण भट्टराई , उत्कृष्ट सर्भर झापाका रोशन शिवाकोटी , बेष्ट डिफेन्स झापाका गणेश कटुवाल र मेन अफ द सिरिज झापाका रोहित शिवाकोटी घोषित भए ।

फाईनल खेलको विजेता टिमलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह र आयोजकले संयुक्त रुपमा नगद १ लाख ५१ हजार र उपविजेता टिमलाई नगद १ लाख, ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । शरणामतीको जनता माविको खेलमैदानमा संचालन भएको प्रतियोगितामा आयोजकसहित जिल्लाका १० वटा टीम र जिल्ला बाहिरका ६ वटा टिमले भाग लिएका थिए । तेजप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुखहरु , निर्वाचित जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्