बिर्तामोड , पुष ११ । पछिल्लो समय नेपालमा ठूलो परिमाणमा खोप भित्रिँदै गर्दा निश्चित तापक्रममा भण्डारण गर्न तथा स्थानीय स्तरसम्म कोल्ड चेनुको व्यवस्थापनमा चुनौती रहेको अधिकारीहरूले बताएका छन् ।

हाल नेपालमा झन्डै एक करोड २२ लाख मात्रा कोभिड खोप मौज्दात रहेको र थप केही आउने क्रममा रहेको बताइएको छ । माइनस २० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्ने मोडर्ना तथा माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्नुपर्ने फाइजर खोपको हकमा चुनौती रहेको स्वास्थ्य सेवा विभागको भनाइ छ । तर युनिसेफ नेपालले केन्द्रभन्दा प्रदेश स्तरमा भण्डारण तथा चिस्यान विस्तार गरेमा समस्या नहुने बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्