बुधबारे, पुष १५ । बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिको १५ औं बार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

गत शनिवार भएको साधारणसभामार्फत चयन भएको नयाँ कार्यसमिति र लेखा समितिलाई बिहीबार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहणसहित पद हस्तान्तरण गरिएको छ ।

नयाँ समितिको अध्यक्षमा छत्रबहादुर कार्की, उपाध्यक्षमा अनिल वाग्ले, सदस्यहरुमा रबिचन्द्र खनाल, देबेन्द्र निरौला, भवानी शंकर उप्रेती, युवराज खतिवडा, मिना सापकोटा तिम्सिना, कुमारी प्रधान र गिता भट्टराई चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा सन्तोषकुमार वाग्ले, सदस्यहरुमा श्यामप्रसाद कट्टेल र उमेश भट्टराई चयन भएका छन् ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सपथ ग्रहणपछि निवर्तमान अध्यक्ष पौडेल, निर्वाचन समिति संयोजक पदमकुमार थापा, अध्यक्ष कार्की र लेखा संयोजक वाग्लेले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन निर्वाचन समिति सदस्य राजेन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्