बिर्तामोड , माघ २६ । बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले स्व. काशीलाल चौधरीको सातौं स्मृति दिवस तथा संस्थाको १२ औं स्थापना दिवस मनाएको छ ।

संस्थाका संस्थापक अध्यक्ष काशीलाल चौधरीको योगदानलाई चर्चा गर्दै संस्थाले स्मृति दिवस मनाएको हो । संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी राजकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई उद्घाटन गर्दै पोखरेलले समाजसेवी , राजनीतिककर्मी एवं सहकारीकर्मी काशीलाल चौधरीको योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए । उनले काशीलाल चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गर्न सुझाव दिए । कार्यक्रममा बिशिष्ट अतिथि युवा व्यक्तित्व विवेक केशरी प्रसाई , संस्थाका सल्लाहकारहरु तेजनारायण चौधरी ,पुष्पलाल चौधरी , इन्द्रसिंह राजवंशी , कार्यसमिति सदस्य नरेशमान धिमाललगायतले स्व. काशीलालले देखाएको बाटोमा हिड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । संस्थाका उपाध्यक्ष युवराज बिमलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव मीरा कार्की खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्