झापा , फागुन १ । सोलुखुम्बुमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेज बहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । लामाको सोही ठाउँमा पर्ने लबुचे भीरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका १ मा हुँगा दुधकोशी सामुदायिक वनको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिए। उनका अनुसार गत बिहीबार छोराको घर जान्छु भनी हिंडेका लामा शनिबार तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर प्रहरीलार्ई आफन्तले गरेपछि खोजतलास गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्थामा शनिबार शव भेटिएको हो । यस्तै लामिछानेको हुँगा दुधकोशी सामुदायिक वनमा घाँस काट्न जाने क्रममा शनिबार भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्