झापा , फागुन १ । काँकरभिट्टामा भानुटोलको दुईवटा घरमा आगलागी हुँदा मेचीनगरको दमकल नआएको भन्दै स्थानीयले नगरपालिका कार्यालयमा ताला लगाएका छन् ।

मेचीनगर-६ भानुटोलमा पासाङ तामाङ र दिलबहादुर गुरुङको घर आगलागी हुँदा बिर्तामोडको दमकल आयो तर मेचीनगरको दमकल नआएको आक्रोसमा स्थानीयले नगरपालिका गेटमा ताला लगाएका हुन् । काँकरभिट्टाबाट आक्रोसित भएर गएको स्थानीयहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाईदेका छन् । नगरपालिकाका कर्मचारीहरु नगरपालिकामा थुनिएका छन् । स्थानीयले काँकरभिट्टा बजारमा नाराबाजी गर्दै सडक समेत अवरुद्व गरेका छन् । लामो तथा छोटो दुरीका यातायातका सवारी साधानहरु चल्न सकेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्