झापा, फागुन १७ । धरान उप-महानगरपालिका-१८ मा कान्तिपूर होटल एण्ड गेष्ट हाउसमा महिलाको शव फेला परेको छ ।

dमंगलबार होटलका कामदारले कोठा सफा गर्ने क्रममा होटलमा बसेकी महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुई दिनदेखि एक पुरुष र महिला होटेलमा बस्दै आएका थिए । महिलासँगै बसेका पुरुष फरार रहेकाले महिलाको हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले बताए । होटलमा महिलाको शव भेटिएपछि घटना स्थलमा प्रहरी परिचालन गरी मुचुल्का तयार गरिरहेको उनले बताए । मृतक महिलाको आफन्त आएपछि शव पोस्टमाटमकालागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने प्रहरीको तयारी छ । महिलासँगै बसेका पुरुषको खोजी गर्न प्रहरी परिचान गरिएको सिएसपी कुँवरले बताए । होटल सञ्चालक सुशील जीमीले आइतबारदेखि एकपुरुष र महिला होटलको रुम लिएर बसेको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्