झापा , बैशाख ६ । २१ वर्षको एक अमेरिकी कुकुरले सबैभन्दा धेरै समयसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको छ ।

चिहुआहुआ प्रजातिको टोबीकीथ नामको उक्त कुकुरले संसारको सबैभन्दा धेरै समयसम्म बाँचेर विश्व कीर्तिमान बनाएको हो। गिसेला शोरले २१ वर्ष अगाडि ल्याएको उक्त कुकुर अरू कुकुर जस्तै भए पनि उत्कृष्ट डाइट र वातावरणमा हुर्किएकाले धेरै समयसम्म बाँचेको हो। गिनीज बुक रेकर्डका अनुसार साधारणतया एउटा कुकुरको आयु १० देखि १३ वर्ष हुने गर्छ। तर टोबीकीथ २१ वर्ष ६६ दिन भए पनि अझै स्वास्थ्य र एक्टिभ छ । टोबीकीथलाई पाल्ने गिसेलाका अनुसार उनी आफ्नो कुकुरलाई भात, तरकारी र प्रोटीन दिने गर्छिन्। ‘यो उमेरमा पनि एकदम तन्दुरूस्त छ । सानो र प्यारो ऊ मेरो बडिगार्ड हो, उसले अरू कुकुरसँग खेल्न र बाहिर घुम्न मन पराउँछ’, गिसेलाले भनिन्। चिहुआहुआ कुकुरको सबैभन्दा सानो प्रजाति हो। यो प्रजाति मुख्य रूपमा मेक्सिकोमा पाइन्छ । मेक्सिकोकै एक राज्यको नामबाट यसको नाम राखिएको हो । चिहुआहुआ जातिको यो कुकुर आम कुकुरभन्दा धेरै नै सानो भए पनि समझदार हुन्छन्। यसको तौल २.४ किलो देखि ४.१ किलोसम्म हुने गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्