बिर्तामोड , बैशाख ९ । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा रक्तदान तथा आँखा शिविर सम्पन्न भएको छ ।

अर्जुनधारा ७ मिलडाँडामा सम्पन्न कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका छन् भने १३० भन्दाबढी आँखा तथा कानका विरामीले आँखा शिविरबाट लाभ लिएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखा र दृष्टि आँखा तथा कान अस्पताल बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो । साथै स्थानीय नवयुवा क्लबको सहकार्य रहेको थियो ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमिति संयोजक ह्रदयकुमारी संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नवराज ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।

गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लबकुमार चौधरी, नवयुवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली, सल्लाहकार सदस्य तुलसी श्रेष्ठ, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नन्दमान भट्टराई, प्रमुख अतिथि वडाध्यक्ष ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आबद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पर्वत चिमरियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्