बिर्तामोड, बैशाख १८ । इष्टर्न इम्पायर कलेज अफ होटल मेनेजमेन्ट (इकम)मा आगामी शैक्षिक सत्रदेखि प्लस टु पढाइ हुने भएको छ ।

इकमले आइतबार पत्रकार सम्मेलन गरी कलेजले आउने शैक्षिक सत्रदेखि तीनवटा बिषयमा प्लस टुका कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

बिर्तामोडको इलाम स्टेण्डमा सञ्चालन हुँदै आएको कलेज नयाँ पञ्चकन्या प्लटिङको शिवालय मन्दिरको उत्तरपट्टि सरेको छ । नयाँ आधुनिक संरचना रहेको भवनबाट कलेजले वातानुकुलित कक्षामा पठनपाठन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत आलोक कार्कीले जानकारी दिए । प्लस टुमा विजिनेस स्टडिज, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

२०७१ सालमा स्थापित कलेजले होटल म्यानेजमेन्टसम्बन्धी विदेशी डिग्री एड्भान्स डिप्लोमा कक्षा सञ्चालन गर्दै आएको सञ्चालक मध्येका एक शशांक पुरीले जानकारी दिए । एसइइ पश्चात पढ्न मिल्ने गरी कलेजले ड्वायल कोर्ष पनि सञ्चालन गरिरहेको सिइओ कार्कीले जानकारी दिए । इकममा एड्भान्स डिप्लोमा कोर्ष गरेका विद्यार्थीले विदेशका कलेजमा क्रेडिटको ट्रान्सफर पाउने पनि उनले बताए । उनका अनुसार एड्भान्स डिप्लोमा इकममा अध्ययन गरेका विद्यार्थीले विदेशका कलेजमा व्याचलरको दोस्रो बर्षदेखि अध्ययन गर्न सक्नेछन् ।

कलेजले पढाईको अतिरिक्त विद्यार्थीहरुको इच्छा र क्षमता अनुसारका सीपमुलक तालिम तथा खेलकुदसमेत सिकाउने गरेको बजार प्रतिनिधि प्रनिल चौहानले जानकारी दिए ।
कार्यक्रममा कलेजले पढाइका अतिरिक्त जब प्लेसमेन्टसमेत गरिदिने जानकारी दिइयो । सिइओ कार्कीले गएको बर्षसम्म कलेजले ३१० जना विद्यार्थीलाई जागिरमा लगाईसकेको जानकारी दिए । इकममा अध्ययन गरेका विद्यार्थी अष्ट्रेलिया, अमेरिकालगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने गरेको कार्कीले बताए ।

इकममा अध्ययन गरेका विद्यार्थीहरु कोर्षका अतिरिक्त प्रस्तुतीकरणलगायतका सीपमा समेत दक्ष हुने भएकाले विदेशी कलेजमा समेत राम्रो गर्न सक्ने कार्कीले दाबी गरे । इकममा दक्ष प्राध्यापक र सुविधासम्पन्न भौतिक पूर्वाधार, वातानुकुलित कक्षा भएपनि शुल्क भने अन्य कलेजको भन्दा बढी नहुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्