झापा,वैशाख २९ । मतदाताहरुलाई पैँसा बाँडन खोजेको भन्दै बाह्रदशी ४ का स्थानीयले २ जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् ।

गएराति बाह्रदशी ४ र ५ का ती २ व्यक्तिहरुले पैँसा बाँडन खोजेको भन्दै स्थानीयले पक्राउ गरि सशस्त्र प्रहरीको जिम्मा लगाएका थिए । ती व्यक्तिहरुको साथबाट ५० हजार रकम बरामद भएको छ । स्थानीयले घेराउ गरेपछि सशस्त्र प्रहरीले उद्धार गरि उनीहरुलाई जनपद प्रहरीको जिममा लगाएको सशस्त्र प्रहरी बल २ नं. गण झापाले जनाएको छ । गाउँलेले नियन्त्रणमा लिएका व्यक्तिहरुले आफूहरु पैँसा बाँडन आएको नभई मोटरसाईकल बेचेर फर्किदै गर्दा गाउँलेले घेराउ गरेको बताएका छन् । पैँसा बाँडेको पुष्टि नभएपछि उनीहरुलाई आज बिहान छाडिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्