झापा , वैशाख २९ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् ।

स्थानीय बिमल कार्की दुम्जा भिरमा मृत भेटिएका हुन् । उनको शव गएराति फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए । कार्कीका अनुसार बिमल रातिसम्म पनि घर नआएपछि परिवारसहित स्थानीयले खोज्न सुरु गरेका थिए । हान्द्रुङबाट उकालो जाने बाटोमा जुत्ता र झोला साथै बाटोमुनि भिरमा उनलाई मृत भेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यलय दोभानका प्रहरी निरीक्षक सहितको टोली बिहानै पुगेको थियो । यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट पनि थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । घटनाका बारेमा सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताए । बिमल स्काभेटर चालक हुन् । चुनावका लागि उनी मतदान गर्न गाउँ फर्किने क्रममा मृत भेटिएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्