झापा , जेठ २ । झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

ती वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । कही गठबन्धन कही एक्लै निर्वाचन लडेको कांग्रेसले १७ वटा वडामा वडाध्यक्ष जितेको हो । कांग्रेसपछि नेकपा एमालेले १२ वटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान २–२ वटा वडा जितेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारहरुले एउटा सिंगो वडा जितेका छन् । २०७४ को गत निर्वाचनमा जितेका दल र तिनका उम्मेदवारहरुले धेरै ठाउँमा हार्नु परिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्