झापा, जेठ ३ । झापाको कचनकवल गाउँपालिका वडा नं ५ मा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मोहम्मद नुर आलमले वडाध्यक्षमा जितेका छन् । उनले राप्रपाका देवेन्द्रप्रसाद राजवंशीलाई हराएका हुन् । आलमले १४५० मत ल्याउँदा राजवंशीले ७८८ मत पाएका छन् ।

त्यस्तै सदस्यमा खुल्लातर्फ कांग्रेसकै कृष्णप्रसाद गणेश १२८३ , मोहम्मद रागिव हुसेन १२५० , महिला सदस्यमा प्रभा राजवंशी १३९४ र दलित महिला सदस्यमा मेनकी सरदार १३७७ मत ल्याई विजयी भएका छन् । कचनकवलमा अहिलेसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भएकोमा कांग्रेसले ४ वटा वडामा प्यानलै जित हासिल गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्