झापा, जेठ ३ । स्वतन्त्र उम्मेदवार दिलिपकुमार भण्डारीले झन्डै दोब्बर मतले झापा गौरादह नगरपालिका वडा नं ३ को वडाध्यक्ष जितेका छन् ।

गएराति सम्पन्न मतगणना अनुसार जेब्रा चिन्ह पाएका भण्डारीले १०९४ मत ल्याई वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्रप्रसाद घिमिरेले ५८६ मत पाएका छन् ।

वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेपनि सदस्यहरु भने एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका हेमनाथ थापा १०६६ , कृष्णप्रसाद सुवेदी ९२२ , महिला सदस्यमा कल्पना अधिकारी ९४७ र दलित महिला सदस्यमा विमला विश्वकर्मा ९६९ मत ल्याई विजयी भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्