झापा, जेठ ३ । आज बिहान सम्पन्न मतगणनाबाट कनकाई वडा नं. ४ को वडाध्यक्षमा रोशन सुवेदीसहित एमालेको प्यानल नै विजयी भएको छ ।

सुवेदीले वडा नं ४ मा यसअघि वडा सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । सुवेदी उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई हराउँदै बिजयी बनेका हुन् । सुवेदीले १५६८ मत प्राप्त गर्दा दाहालले १३०६ मत ल्याए । यसैगरी महिला सदस्यतर्फ एमालेकै लक्ष्मी कटुवाल १६४५, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा १५५०, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला १४८५ र शेषप्रसाद प्रसाईं १४०० मत ल्याउँदै विजयी भएका छन् । यसअघि कनकाई वडा नं. ५, ६, ७ , ८ र ९ को नतिजा आईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्