दमक, असार ६ । दमक नगरपालिकाले आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटमा समेट्नु पर्ने बिषयमा नगरका बिभिन्न संघसंस्था तथा अगुवा नागरिकहरुसंग सुझाव संकलन सुरु गरेको छ ।

नगरपालिकाले सोमबार पत्रकारहरुका साथै बिभिन्न संघसंस्थाका प्रमुखहरुसंग आगामी बर्षको बजेटमा समेट्नु पर्ने बिषयहरुको सुझाव मागेको हो ।

बजेट तथा योजना तर्जुमा समिति संयोजक तथा उपप्रमुख रेगिना भट्टराईले अध्यक्षता गर्दै नगर क्षेत्रभित्र रहेका पत्रकारहरुसंग सुझाव मागेकी थिइन् । कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, सक्रिय पत्रकार सञ्जालका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, पत्रकारहरु कृष्ण कार्की, गोपाल झापालीलगायतले नगरपालिका सञ्चारमैत्री हुनुपर्ने सुझाव दिएका थिए ।

त्यसैगरी बजेट तथा योजना तर्जुमा समितिले सोमबार नै नगरभित्र रहेका राजनैतिक दलका अगुवाका साथै संघसंस्थाका प्रमुखहरुसंग छलफल गरेको छ । छलफलमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन गौतम, महिला नेतृ ईक्सा सम्बाहाम्फे, दमक क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकीलगायतले सुझाव दिएका थिए ।
कार्यक्रममा समिति संयोजक तथा उपप्रमुख भट्टराई, नगर प्रमुख राम थापा, प्रमुख प्रशासकीय अधिकृत शशी राईले सबैका सुझाव समेटेर आगामी बर्षको बजेट ल्याउने बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्