भद्रपुर, असार ६ । स्थानीय तह निर्वाचनमा अन्तर्घातसँगै पार्टीको नीति, विधि र सिद्धान्तविपरीत कार्य गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र भद्रपुर निर्वाचन परिचालन समितिले १७ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

समितिले पार्टीको प्रदेश कमिटीलाई निलम्बनदेखि स्पष्टीकरणसम्मको कारबाहीका लागि उनीहरुको सिफारिस गरेको निर्वाचन परिचालन कमिटी भद्रपुरका संयोजक डिल्ली घिमिरे (हिक्मत) ले जानकारी दिए । पार्टी सदस्यता निलम्बनको सिफारिसमा सन्तबहादुर लिम्बू ‘सुजय’, नरेश सञ्जेल, लक्ष्मण जमरकट्टेल, चन्द्रबहादुर तामाङ र धिरेन राजवंशीको नाम छ ।

त्यस्तै, स्पष्टीकरण लिनुपर्नेमा मिरा अधिकारी, विष्णुबहादुर राई, रूद्र निरौला, भारतसिंह राजवंशी, अरविन्द अधिकारी, घनश्याम खनाल, रञ्जीत राई, चन्द्र गौतम, योगराज अधिकारी, सन्तोष तामाङ, आशिष खनाल र मोक्ष निरौला रहेका छन् ।

पटक–पटक पार्टीमा घात–अन्तर्घात गर्दै पार्टीलाई नष्ट र भ्रष्ट पार्न खोज्ने, जति मौका दिएर रुपान्तरणको आशा गरेपनि नहुनेहरूलाई कम्युनिष्ट पार्टीको सिद्धान्त र नेकपा (माओवादी केन्द्र) को अन्तरिम विधान २०७८ अनुसार अनुशासनको कारबाहीका लागि सिफारिस गरिएको जनाइएको छ । कारबाही सिफारिसको बोद्धार्थ नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी झापालाई दिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्