झापा , असार ९ । प्रदेश १ , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । महाशाखाले दिउँसो प्रदेश १ का एक्दुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मधेश, बागमती, गण्डकी, कणर्ली र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज केही नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्