झापा , असार १३ । बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती छिन् ।

आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् । यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’ आलियालाई आफ्नी छोरी मान्ने करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन् । आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छिन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्