झापा , असार १४ । लगातारको भारी बर्षाका कारण झापाका दर्जनौं घर डुबानमा परेका छन् ।

जलमग्न बिर्तामोड

बाढीका कारण सबैभन्दा बढी क्षति गौरीगञ्ज र गौरादहमा पुगेको छ । माई खोलामा आएको बाढीका कारण गौरीगञ्ज १ को १७ घर डुबानमा परेको छ । देवीगढाको पाँच घर र टप्पुवस्तीको १२ घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीपीडितहरुको सहयोगका लागि कुन्जीबारी प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै रतुवा खोलाको पानी ओभरफ्लो भएर गाउँमा पस्दा गौरादह ६ को २५ घर डुबानमा परेको छ । रतुवा खोलाको बाढी पस्दा टंगुवा बस्तीमा दुई फिटसम्म पानी जमेको जनाइएको छ । उनीहरुलाई स्थानीयबासी ,जनप्रतिनिधि र प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापालगायत प्रदेश १ मा भारी वर्षा भएको छ ।
मेची, बिरिङ, निन्दा,कन्काई , रतुवा , केर्खा , अधुवा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्