झापा , साउन १६ । नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको छ ।

अवैध रुपमा भारततर्फ लाँदै गरेको सुपारी एकपछि अर्को गरी प्रहरीले बरामद गरेको हो । सोमबार बिहान राति ३.३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर – ६ दुर्गा मन्दिरमा भारततर्फ अबैध रुपमा लाँदै गरेको अन्दाजी ८७ हजार ५सय मूल्य बराबरको सुपारी बरामद गरेको छ ।
त्यस्तै सोही दिन बिहान ११.३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर– ६ जेसिका ठ्याकमा भारततर्फ अबैध रुपमा लाँदै गरेको अन्दाजी ९६ हजार मूल्य बराबरको सुपारी बरामद गरेको छ । ती सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।