भद्रपुर, असोज ८ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा सहकारी विभाग प्रमुख रेवन्त गौतमको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

उपाध्यक्ष डिल्ली ढकालले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ६४ लाख ३ हजार शेयर पूँजी तथा ८०६ जना शेयर धनीसहितको विवरण पेश गरेका थिए ।

सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ संयोजक लक्ष्मीप्रसाद गुरागाई, निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, राष्ट्रसेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारी, प्रकाश एकता कृषि सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, शिक्षा सहकारी संस्थाका कृष्णप्रसाद मिश्रलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्