झापा , कात्तिक ८ ।प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधाराका दुई युवा केर्खाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं.९ बस्ने २६ वर्षिय अजय माझी र सोही ठाउँका २८ वर्षिय अर्जुन राजवंशी रहेका छन् ।

हिजो साँझ ७ बजेको समयमा कमल गाउँपालिका वडा न.–३ केर्खामा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे.५प.९८१८ नम्बरको मोटरसाइकलमा सवार माझी र राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा माझीको साथबाट १० ग्राम ब्राउनसुगर र १६ हजार ८५५नगद फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्