झापा, कात्तिक १३ । पाल्पाको रम्भा गाउँपालिका– १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुलिङटार– २, मथारमा भएको दुर्घटनामा २४ जना घाइते भएको प्रहरी चौकी डेढगाउँले जनाएको छ ।ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर भएको दुर्घटनामा रम्भा गाउँपालिका– १ हुँगीका ४१ वर्षीया तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका– ९ की ४५ वर्षीया फुलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजेको समयमा कालीगण्डकी करिडोरअन्तर्गत सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।
दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । दुर्घटनाका घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लगेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्