बिर्तामोड, मंसिर ९ । बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानमा चोरी भएको छ ।

हिजो दिउँसो सो प्रतिष्ठानभित्रको मन्दिरमा चोरी भएको हो । चोरले त्यहाँस्थित शिव मन्दिरको तीनवटा घण्टी र जलहारी लगेका छन् । दिउँसो २ बजेसम्म त्यस प्रतिष्ठान हाताभित्र रहेको पोखरीमा माछा मार्ने मलाहाहरु रहेका थिए । त्यति बेलासम्म सबै सामग्री सुरक्षित रहेको थियो । बेलुका पूजा गर्ने समयमा हेर्दा मन्दिरभित्र रहेको दुईवटा हाते घण्टी, एउटा तामाको जलहारी र मन्दिर बाहिर झुण्ड्याईएको एउटा घण्टी नभएको प्रतिष्ठान क्षेत्रमै बसोबास गर्ने प्रतिष्ठानकै एम्बुलेन्स चालक बिजयकुमार शाहले बताए ।

राति प्रतिष्ठानको बाहिरी गेटमा ताला लगाईने गरिएको छ । दिउँसो गेटको ढोका र मन्दिरको ढोका भने पूजाआजाको लागि खुला राखिने गरिएको उनले बताए । चोरी भएको घण्टी स्थानीय समाजसेवी सूर्यनारायण राजवंशीले दान गरेका थिए ।सो प्रतिष्ठानभित्र एउटा शिव मन्दिर, एउटा कृष्ण मन्दिर, पोखरी र अन्य धेरै संरचनाहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्