भद्रपुर, मंसिर ९ । झापा सदरमुकाम चन्द्रगढीस्थित लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमतिपछि हटाइएको छ ।

भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासन कार्यालयको रोहवरमा सडक विभागसंग सहमति गरी हटाइएको हो ।
सहमतिअनुसार निर्माण सम्पन्न नहुन्जेल निर्माण कम्पनीले धुलो रोक्न हरेक दिन पानी हाल्ने छ भने सडक निर्माण तीव्र पारिने छ ।