झापा, मंसिर ९ । झापा क्षेत्र नं २ बाट नेकपा एमालेले सबैभन्दा बढी समानुपातिक मत हासिल गरेको छ ।

प्रतिनिधिसभातर्फ एमालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक मत पाएको छ । त्यसपछि नेपाली कांग्रेसले मत पाएको देखिन्छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार झापा क्षेत्र नं २ बाट एमालेले २६ हजार ४९० समानुपातिक मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७ समानुपातिक मत पाएको छ । त्यसपछि तेस्रो स्थानमा कांग्रेसले १५ हजार ४९८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार ८८० मत पाउँदा नेकपा माओवादी केन्द्रले ३ हजार ८६९ मत ल्याएको छ । त्यस्तै एकीकृत समाजवादी पार्टीले १ हजार ६९ मत पाएको छ । समानुपातिकतर्फ कूल ८७ हजार ७४६ मत खसेकोमा ४ हजार ५११ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभातर्फको समानुपातिक मत पाउनेमा पनि एमाले पहिलो दल बनेको छ । प्रदेशसभातर्फ एमालेले ३० हजार ६३३ मत पाउँदा कांग्रेसले १७ हजार ३७२ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजार ३२९ मत हासिल गरेको छ भने एकीकृत समाजवादीले १ हजार २७६ मत पाएको छ । कूल ८७ हजार १७५ मत खसेकोमा ८ हजार ८२० मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।

अन्य क्षेत्रमा समानुपातिक मत गणना भइरहेको छ । क्षेत्र नं १ , ४ र ५ को मतगणना शनिवार सकिने जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । क्षेत्र नं ३ को भने आइतवार मात्र सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्