झापा, माघ १७ । झापाको बिर्तामोडमा अनशनरत माधव झाले सातौं दिनमा अनशन तोडेका छन् ।

उनी बिर्तामोडस्थित मुक्तिचोकमा आमरण अनशन बसेका थिए ।
मंगलवार बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले अनशन बसेका २२ वर्षीय झालाई जुस खुवाएर अनशन तोड्न लगाएका हुन् ।

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि झाले बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध आमरण अनशन बसेका थिए । उनको माग नेपाल सरकारलाई पठाउने र समाधानका लागि प्रजिअ पोखरेलले समन्वय गर्ने सहमतिपछि झाले अनशन स्थगित गरेका हुन् ।
झाले तीन बुँदे ज्ञापनपत्र प्रजिअलाई बुझाएका छन् । उक्त ज्ञापनपत्र मंगलवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइने प्रजिअ पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्