झापा, माघ २१ । पत्रकार रोहित काफ्लेलाई भ्रातृशोक परेको छ ।

निर्माण लहर साप्ताहिकका सम्पादक भद्रपुर ४ निवासी काफ्लेका दाजु प्रकाश काफ्लेको ५० वर्षको उमेरमा आज साँझ घरमै निधन भएको हो । उनलाई पेटको समस्या रहेको थियो । उनका आमा , चार दाजु –भाउजु र चार भाइ–बुहारी रहेका छन् । उनको भोलि बिहान ११ बजे देउनियामा अन्त्येष्टि गरिने आफन्त माधव खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्