झापा , माघ २६ । झापा र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बामा ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो । सोहि दिन बिराटनगर महानगरपालिका-१५ मा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका अग्नीसाईर कृष्णासवरण-३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिकसहित ६४ एम्पुल लागूऔषध बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्