झापा, माघ २६ । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एउटा क्लबले पाँचजनासम्म विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार क्लबहरूसँग छलफल गरी लिगमा विदेशी खेलाडीको कोटा बढाउने निणर्य गरेको हो । क्लबहरूले खेलाडी अभावको समस्या देखाउँदै लिगका लागि विदेशीको कोटा बढाउन माग गरेका थिए । निणर्यानुसार अब लिगको एउटा टिमले पाँच खेलाडी राख्न पाउने र चारजनासम्मलाई मैदानमा उतार्न सक्नेछ । यसअघि, एउटा क्लबले चार खेलाडी राख्न पाउँथे । त्यसमध्ये तीन खेलाडीलाई पहिलो रोजाइमा राख्न पाइन्थ्यो । “क्लबहरूसँगको छलफलपछि विदेशी खेलाडीको कोटा बढाउने निणर्यमा पुगेका छौँ । पहिले एक क्लबले चार विदेशी खेलाडी राख्न पाउँदा तीन खेलाडीलाई मैदान उतार्न पाउँथे । अहिलेको निणर्यानुसार एक क्लबले पाँच खेलाडी राख्न पाउनेछन्, जसमध्ये चार खेलाडीलाई खेलका लागि पहिलो रोजाइमा राख्न पाइनेछ,” एन्फाका प्रवक्ता सुरेश साहले भने । आउँदो फागुन १९ गतेदेखि ‘ए’ डिभिजन लिग सुरु हुँदै छ । डबल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको पाँचौँ चरणसम्मको खेलतालिका सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्