भद्रपुर ,माघ २८ । नेपाल बार एशोसिएसन झापाको शनिवार सम्पन्न निर्वाचनबाट प्रगतिशील कानुन व्यवसायी एशोसिएसनका तर्फबाट अधिबक्ता नारायणप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रगतिशील कानुन व्यवसायी र डेमोक्र्याटिक्स लयर्स एशोसिएसन झापाबीच आलोपालो प्रणालीअन्तर्गत रहेर विगत बर्षहरुमा नयाँ कार्यसमिति चयन हुने सहमति रहेकोमा कानुन व्यवसायी कालीप्रसाद संजेलले उम्मेदवारी दिएसंगै भट्टराई र संजेलबीच प्रतिस्पर्धा भएको हो । आगामी २ बर्षे कार्यकालका लागि गठित १३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न मतदानबाट भट्टराई ९२.मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी संजेलले २१ मत ल्याए ।

प्रगतिशील कानुन व्यवसायी संगठन र प्रजातान्त्रिक कानुन व्यवसायी संगठनबीचको सहमति अनुसार उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट भीम बराल , सचिवमा सन्तोषकुमार प्रसाई, सहसचिवमा कोपिला बस्नेत तथा सदस्यहरुमा भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद सिवाकोटीलाई निर्विरोध निर्वाचित गरिएको छ ।

यसैगरी प्रगतिशील कानुन व्यवसायी संगठनबाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला तथा सदस्यहरुमा नारायणप्रसाद चौलागाई , राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाई सर्बसम्मत चयन गरिएको छ । निर्वाचनमा .१ सय १७ मत खसेको र ४ मत बदर भएको झापा बारले जनाएको छ । झापा बारमा जम्मा १ सय ६३ जना कानुन व्यवसायी आवद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्