झापा , माघ २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निणर्य फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आजका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको छ । यता प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निणर्यबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्