झापा , माघ २९ । भारत विरुद्धको  मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी गोलरक्षक एन्जिला  तुम्वापो सुब्बाले नै गर्ने भएकी छन्।

नियमित कप्तान रेनुका नगरकोटीले राष्ट्रिय टोलीमा कम्ब्याक गरेपनि भारतविरुद्ध एन्जिलालाई नै कप्तानीको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नियमित कप्तान रेनुका नगरकोटी छैटौ महिला साफ अघि घाइते भएपछि एन्जिलालाई कप्तानीको जिम्मेवारी दिइएको थियो। प्रतियोगिता अघि प्रशिक्षणका क्रममा फाउल भई लड्दा उनको घाँटीमुनिको बायाँ क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएपछि उनले साफ गुमाएकी थिइन् । नेपालले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूणर् खेल खेल्नेछ । भारतविरुद्ध एन्जिला भाग्मानी कप्तानको रुपमा रहेकी छन् । नेपालले भारतविरुद्ध हालसम्म २ खेलमा मात्र जित निकालेको छ । भारत विरुद्धको जित निकालेका दुवै खेलमा कप्तानको आर्मब्यान्ड एन्जिलाले लगाएकी थिइन् । सन् २०१९ मा भारतमा भएको हिरो कप र छैटौ साफको सेमीफाइनलमा नेपालले भारतलाई हराएको थियो । एन्जिलाको कप्तानीमा भारत जाने राष्ट्रिय टोलीको आईतबार एक कार्यक्रमका बिच विदाई गरिएको छ । एन्फाले नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाई गरे । नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन्। राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा रहेका छन् ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्वापो सुब्बा (कप्तान) , अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे
मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्