झापा, माघ २९ । सरकारले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावासहरूमा श्रमिकका लागि ‘हेल्पडेस्क’ राख्ने निणर्य गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निणर्य गरेको हो । यही माघ पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमसचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौँ झमेला र सास्ती भोग्नुपरेको भन्दै हेल्पडेस्क राख्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निणर्य गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्